१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अर्थ

बोटको उत्पादन नेपालमा

भारतीय वायरलेस हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश कर्पको भगिनी संस्था टेलिटक प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ।

सम्झौताअनुसार इम्याजिनको वायरलेस हियरेबल्सका सामानको लागि टेलिटक नेसनल डिस्ट्रिब्युटर रहने छ। यो सम्झौतासँगै अब नेपाली उपभोक्ताले समयको मागसँगै उच्च गुणस्तरीय हियरेबल्स र वेरेबल उत्पादनहरू उपभोग गर्न पाउनेछन्।

इम्याजिन मार्केटिङ लिमिटेडले बोट ल्याब्समार्फत उत्पादनको डिजाइन, अनुसन्धान, विकास, र प्रविधि जस्ता प्लेटफर्महरू विकास गर्नमा ठूलो लगानी गरेको छ। कम्पनीले ब्लुटूथ इनेबल्ड हियरेबल प्रोडक्ट्स र अन्य इलेक्ट्रोनिक उत्पादनहरू निर्माण र विकास गर्नको लागि हालै डिक्सन टेक्नोलोजी लिमिटेडसँग ज्वाइन्ट भेन्चरमा प्रवेश गरेको छ।

प्रकाशित: १८ फाल्गुन २०७८ ००:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App