१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

डिभिजन वन कार्यालय कपिलवस्तुद्वारा वातावरण मैत्री फाउन्टेन पार्क निर्माण

डिभिजन वन कार्यालय कपिलवस्तुले कार्यालयको हाताभित्र वातावरण मैत्री फाउन्टेन पार्क निर्माण गरेको छ। घासपातले फोहर बनेको वन कार्यालयको पश्चिम तर्फको करिब ६ कठ्ठा क्षेत्रमा नुमना पोखरी सहितको पार्क निर्माण गरिएको हो।

सिमसार व्यवस्थापन तथा पुर्नस्थापना कार्यक्रम अन्तरगत नेपाल मै पहिलो पटक यस्तो फाउन्टेन पार्क निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीले बताए। पाँच लाखको लगानीमा वनका कर्मचारीहरुले श्रमदान गरी पार्क निर्माण गरिएको हो। पार्कमा २ कठ्ठाको नमुना पोखरी, गोलघर र अजिन्गर उद्धार सेन्टर बनाइएको छ।

‘घासपातले फोरह बनेको क्षेत्रमा पोखरी सहीतको पार्क निर्माण गरिएको छ, यसले पर्यावातावरणलाई समेत मद्दत गर्छ’ प्रमुख सुवेदीले भने। पार्कमा स्थानीय जातको घास रोपिएका छन्। यस्तै जीर्ण बनेको करिब २ कठ्ठाको पोखरीलाई मर्मत गरी सुन्दरीकरण गरिएको छ। पोखरीमा इटा सिमेन्ट र छडको प्रयोग नगरी पोखरीलाई सुन्दर बनाइएको छ। 

पोखरीको किनारका भागको ढुंगा छापिएको छ। पोखरीको वरिवरि डिलमा हिड्ने बाटो समेत निर्माण गरिएको छ। पोखरीमा फाउन्टने नोजल, बत्ती राखिएका छन्। तैरिरहेको फाउन्टेनले फोहरा फाल्ने गर्दछ। पोखरीमा तैरिरहेको फल्टीङ नेपाल मै पहिलो पकट रहेको सहयाक वन अधिकृत मदन स्यान्डील्यले बताए।

सामुदायिक वनहरुलाई देखाउनका लागि यस्तो नमुना पार्क बनाइएको उनले बताए। ‘ठेक्कामा दिइएको भए २० लाख बढी खर्च हुन्थ्यो तर वन कर्मचारीहरुले श्रमदान र सिमेन्टट छड र इटाको प्रयोग बिना ५ लाखको खर्चमा पार्क बन्यो’ उनले भने। उनले सामुदायिक वनले समेत यस्ता पार्क निर्माण गर्नुपर्ने बताए।

बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रैष्ठले पार्कको अनुमगन गर्नेक्रममा कम खर्चमा वन कार्यालयमा निर्माण गरिएको पार्क नमुना रहेको बताए। उनले यस किसिमको पार्क सामुदायिक वन र पालिकाहरुले समेत निर्माण गर्नुपर्ने बताए।

‘कम खर्चमा पनि सुन्दर पार्क निर्माण गर्न सकिन्छ भन्ने कुरा यसले देखायो’ उनले भने। वन तथा भुसंरक्षण विभागा महानिर्देशक मन बहादुर खडकाले पार्कको उद्घाटन गर्दै सामुदायिक र साझेदारी वनले यस्तै खाले पार्क निर्माण गर्नुपर्ने बताए।  

प्रकाशित: १४ फाल्गुन २०७८ ०७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App