१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सामसुङका ग्यालेक्सी एस २२ सिरिज बजारमा

स्मार्टफोन ब्रान्ड सामसुङले नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्रान्डको ग्यालेक्सी एस२२ अल्ट्रा, ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मोबाइल बजारमा ल्याएको छ।

ग्यालेक्सी एस२२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ। 

आकर्षक एवं दिगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस२२ प्लस र ग्यालेक्सी एस२२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसर युक्त अद्भूत क्यामरा रहेका छन्।  पहिलो पटक, ग्यालेक्सी एस२२ अल्ट्राले ग्यालेक्सी नोट र एस सिरिजको उत्कृष्टतालाई सँगसँगै ल्याएको छ।

 ग्यालेक्सी एस२२ अल्ट्रा भित्र रहेको एस पेन, अँध्यारोमा फोटो खिच्ने क्षमता र एक दिनभन्दा बढी चल्ने क्षमतायुक्त ब्याट्रीका साथ उपलब्ध छ, जसलाई हालसम्मकै सर्वाधिक शाक्तिशाली अल्ट्रा उपकरण बनाइएको छ। ग्यालेक्सी एस२२ सिरिजका कन्टेन्ट सिर्जना गर्ने, भिडियो छायांकन गर्ने, सम्पादन र सेर गर्ने योग्यताका साथ डिजाइन  गरिएको छ।

ग्यालेक्सी एस २२ अल्ट्रा सामसुङद्वारा प्रस्तुत हालसम्मकै सर्वाधिक शक्तिशाली फोन भएको कम्पनीको दाबी छ। ग्यालेक्सी एस२२ अल्ट्रा भित्र रहेको एस पेन हामीले निर्माण गरेकामध्ये अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभएस पेन हो। ७० प्रतिशत कम बिलम्बताका साथ तपाईंले आफ्नो एस २२ अल्ट्राको फराकिलो स्क्रिनमा बढी स्वाभाविक रूपमा लेख्न, चित्र कोर्न र एपहरू नयाँ तरिकाहरूबाट चलाउन सकिनेसमेत कम्पनीको दाबी छ। एस पेनका साथ एस२२ अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरू गर्ने नयाँ शैली प्रदान गरेको छ।

ग्यालेक्सी एस२२ अल्ट्राले कुनै पनि उज्यालो अँध्यारो अवस्थामा तत्काल पोस्ट गर्न मिल्ने फुटेजहरू खिच्न सघाउँछ। ग्यालेक्सी एस२२ अल्ट्रा सामसुङको हालसम्मकै सर्वाधिक ठूलो पिक्सल सेन्सर २.४ युएम पिक्सल सेन्सरका साथ निर्माण भएको कम्पनीले जनाएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८ ०३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App