१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

भक्तपुरका व्यवसायीलाई तालिम

भक्तपुर उद्योग वाणिज्य संघले भन्सार विभाग र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नेपाल राष्ट्रिय एकद्वार प्रणाली अन्तर्गत उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अनलाइन प्रणालीसम्बन्धी एकदिने तालिम गरेको। नेपालमा उत्पादित वस्तु विदेश निकासी गर्दा उत्पत्तिको प्रमाणपत्र जारी गर्नुपर्छ।

संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबन्जाले संघ दिगो पर्यटन, निर्यातमुखी हस्तकला र व्यावसायिक कृषिको प्रवद्र्धनमा विशेष ध्यान पुर्‍याउँदै त्यस अनुरूप कार्यदिशा निर्धारण गर्दै अघि बढिरहेको बताइन्।

उनले भक्तपुरका उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउन कटिबद्ध रहेको बताइन्। विद्युतीय माध्यमबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्दा समयको बचत हुनुको साथै प्रभावकारी समेत हुने भएकोले यो प्रणाली उपयोगी हुने पनि उनले बताइन्।

महासंघका उपनिर्देशक विष्णु अधिकारीले विद्युतीय प्रणालीबाट उत्पत्तिको प्रमाणपत्र जारी हुँदा व्यवसायीलाई तुलनात्मक रूपमा सहज हुने र नेपाल सरकारले यो प्रणाली व्यवहारमा लागू गरिसकेको हुँदा सबैले यसको प्रयोग गर्नुपर्नेमा जोड दिए।

संघका महासचिव दिनेश गोसाईले कार्यक्रमको महत्त्वबारे प्रकाश पारे। संघका कार्यसमिति सदस्य एवं हस्तकला विकास तथा निर्यात प्रवद्र्धन उपसमितिका संयोजक लब्साङ लामाले कार्यक्रम आयोजनामा सघाउने भन्सार विभाग र महासंघलाई धन्यवाद ज्ञापन गरे।

आगामी दिनमा पनि यस किसिमको तालिम आवश्यक परेको खण्डमा पुनः आयोजना गर्ने उनले बताए। कार्यक्रममा भन्सार विभागका अधिकृत ईश्वर सिंह र महासंघका वरिष्ठ अधिकृत मिलव श्रेष्ठले प्रशिक्षण दिएका थिए। 

प्रकाशित: ९ फाल्गुन २०७८ ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App