२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिभिल बैंक र एफवान सफ्टबीच सम्झौता

सिभिल बैंक लिमिटेड र एफवान सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधालाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफवान सफ्ट इन्टरनेसनलका प्रमुख सुवास शर्माले हस्ताक्षर गरेका छन्।

बैंकले मोबाइल बैंकिङ सुविधालाई अझ बढी सबल र सुदृढ बनाई ग्राहकको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नति गर्न लागेको जनाएको छ। अब गरिने स्तरोन्नतिपश्चात उक्त बैंकका ग्राहकले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवा उपयोग गर्न सक्ने बताइएको छ। हाल बैंकले १ सय १५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटिएममार्फत सेवा दिइरहेको छ ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App