२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाली संस्कृतिलाई विश्वसामु चिनाउने उद्देश्यले ब्राण्ड हब ‘भेषभुषा‘ सञ्चालन

नेपाली कला, संस्कृतिलाई विश्वसामु चिनाउने लक्ष्यसहित भेषभुषा डटकम सञ्चालनमा आएको छ। चार्टड एकाउन्टेन्ट (सिए) समेत रहेका युवा व्यवसायीको संयुक्त लगानीमा भेषभुषा सञ्चालनमा आएको हो।

स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरीय सौन्दर्य, फेसन र जीवनशैलीसँग सम्बन्धित सामानहरू ग्राहकलाई एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘वेशभूषा’ नामक ब्राण्ड हब कम्पनीको घोषणा गरिएको छ। सौन्दर्य, पहिरन र जीवनशैलीसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका सामान बिक्री वितरण गर्नका लागि भेषभुषा कम्पनीले अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको हो।

युवा उद्यमीहरूले सञ्चालनमा ल्याएको यो ब्राण्डअन्तर्गत नवीनतम शैली र सेवामार्फत ग्राहकको सोच, आवश्यकता र चाहनाअनुरूप खरिद बिक्री र परामर्श सेवा दिइने ब्राण्ड सार्वजिनक कार्यक्रमका जानकारी दिइयो। चर्चित अभिनेता राजेश हमालले भेषभुषा ब्राण्डको शुभारम्भ गरे। 

भर्चुअल ब्राण्ड हबको रूपमा www.vesvusa.com इ–कमर्स प्लेटफर्मको रूपमा डिजिटल वेबसाइट पनि सञ्चालनमा ल्याइएको छ। एकीकृत सञ्जालमार्फत गुणस्तरीय सामानलाई उत्कृष्ट बिक्री तथा विश्वस्तरीय अत्याधुनिक सेवा प्रणालीको सेवा प्रणाली स्थापना गरी उपभोक्ताहरूसँग जोडिन चाहेको भेषभुषाका अध्यक्ष दीपक पाण्डेले बताए।

भेषभुषा ब्राण्ड हवमा हाललाई स्वदेशी तथा विदेशी गरी ३४ ब्राण्ड तथा भविष्यमा थप ब्राण्डका सामान उपलब्ध गराइने कम्पनीले जनाएको छ। नेपाली कला, संस्कृति र रहनसहनलाई विदेशी बजारमा पहिचान गराउनु पनि भेषभुषाको लक्ष्य रहेको छ। अभिनेता राजेश हमालले व्यस्त दैनिकीमा एकै थलोबाट ग्राहकले चाहेअनुरूपको सामान पाउने उपयुक्त माध्यम भेषभुषा भएको भन्दै यो अहिलेको परिस्थितिमा अपरिहार्य र महत्वपूर्ण भएको बताए।

उनले मानिसले चाहेर वा नचाहेर पनि फेशन, पहिरन र जीवनशैलीलाई पृथक बनाउन चाहने प्राणी भएकाले फेसनलाई जीवन पद्धतिको अभिन्न पाटोका रूपमा हेरिँदै आएको बताए। यस्तै मेघा बैंककी डेपुटी सिइओ रोविना देशराजले डिजिटल विश्वमा नेपाली ब्राण्ड प्रवद्र्धन गर्ने उपयुक्त थलो भेषभुषाले अन्तरराष्ट्रिय ब्राण्डका पारखीका लागि पनि सान्दर्भिक हुने विश्वास व्यक्त गरिन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष जनार्दन बरालले इकमर्स प्लेटफमका रूपमा भेषभुषा कम्पनीले ग्राहकको चाहना अनुरूप पहिरन पस्कने भएकाले अहिलेको सन्दर्भमा अति उपयोगी भएको उल्लेख गरे। 'ड्रिम प्रोजेक्ट‘ को रुपमा सुरु गरिएको यो परियोजना ग्राहकको रुची र चाहना अनुरूपको अनलाइन ब्राण्ड हब भएको कम्पनीका सिइओ तृष्णा आचार्यले जानकारी दिए। 

ग्राहकको रुची अनुरूप अन्तरराष्ट्रिय ब्राण्डका सामग्री उपलब्ध गराउने तथा स्वदेशी उत्पादनलाई विश्व बजारमा पुर्‍याउने लक्ष्यका साथ रणनीतिक योजनाअनुरूप काम अघि बढाइएको उनको भनाइ छ। प्रारम्भिक चरणमा पाँच करोड रुपैयाँ भन्दा बढी लगानी रहेको भेषभुषाले दीर्घकालीन रूपमा करिब ५० करोड रुपैयाँ लगानी गर्ने जनाएको छ।

भेषभुषाको अध्यक्ष पाण्डे सफल सिए हुन्। कम्पनीको प्रवन्ध निर्देशक अनिल बञ्जरा तथा व्यस्थापक सिए विष्णु अधिकारी, दीपेन्द्र पौडेललगायत रहेका छन्। निर्देशक बञ्जराले मानिसको पहिचान जीवनको महत्वपूर्ण भएकाले वेषभूषाले त्यसलाई सार्थक बनाउने भन्दै विदेशी ब्राण्ड मात्रै हैन स्वदेशी उत्पादनलाई प्रभावकारी रूपमा अन्तरराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले भेषभुषा सञ्चालनमा ल्याइएको हो।

‘सौन्दर्य, फेसन र जीवनशैली’ थिमबाट स्थापित भेषभुषाले ग्राहक उपभोक्ताको रोजाई अनुरूप पहिरन र जीवनशैलीका सामान उपलब्ध गराउनेछ। चर्चित ब्राण्डका विभिन्न भेराइटी पाइन्छ। हुलास वेलनेस, केटीएम क्वीन्स, गोल्ड स्टार, इमेजलगायत नेपाली १६ वटा र अन्तर्राष्ट्रिय एडिडास, लिभाइज, रिवोक, पिकलगायत १८ वटा ब्राण्ड गरी सुरुआतमा ३४ वटा ब्राण्डका सामान बिक्री गरिने छ।

जसमध्ये २१ प्रकारका फेसनसम्बन्धी, चार प्रकारका लाइफस्टाइलसम्बन्धी र नौ  वटा ब्राण्ड ब्युटीसँग सम्बन्धित सामान रहेका छन्। कम्पनीका अनुसार तत्कालका लागि काठमाडौँ उपत्यकामा मात्रै सेवा उपलब्ध गराए पनि आगामी चार महिनाभित्र देशका प्रमुख सात शहरमा सेवा उपलब्ध गराइने छ भने केही वर्षभित्र विदेशमा पनि नेपाली सामान अनलाइन प्लेटफर्ममार्फत पुर्‍याइने बताइएको छ।

प्रकाशित: ३ फाल्गुन २०७८ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App