१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अर्थ

मैतिदेवीमा जय अम्बे साडी सोरुम

काठमाडौं– आरपी ग्रुप अन्तर्गतको जय अम्बे साडी शोरुमले काठमाडौँको मैतीदेवीमा युनिभर्सल कलेजसँगै अर्याल कम्प्लेक्समा नयाँ शाखा खोल्ने भएको छ। जय अम्बेको न्यू रोडमा रहेको आउटलेटलाई विस्तार गर्ने क्रममा नयाँ शाख खोलिन लागेको कम्पनीले जनाएको छ।कुलेश्वरमा रहेको होलसेल बिक्री केन्द्रमार्फत आरपी ग्रुपले भारतको चर्चित ब्राण्ड बिबा, डिएस क्रियसनका लेडिज आइटम, सूर्य साडी लगायतका अन्तर्राष्ट्रि ब्राण्डेड लेडिज आइटम नेपालमा बिक्रिवितरण गर्दै आएको छ।

आरपी ग्रुपले काठमाडौँ बाहेक धरान, पोखरा, बनेपा, चितवन, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर लगायत देशका विभिन्न शहरमा ब्राण्डेड लेडिज कपडाको बिक्रिवितरण गर्ने गर्छ।

जय अम्बे साडी शो रुमले बनारसी साडी, सिफन, सिल्क ओरजिनल साडी, रेडिमेड कुर्ता सलवार, लेहेंगा चोली, लेगिन्स, जर्मन नाईट सुट साथै बच्चाको लेहेंगा, कुर्ता होलसेल तथा खुद्र मूल्यमा बिक्रि वितरण गर्छ।

प्रकाशित: १८ फाल्गुन २०७१ २१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App