१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रवासीद्वारा आर्थिक सहयोग

अर्थाभावमा स्वास्थ्य उपचारमा समस्या झेलिरहेकी गलकोट नगरपालिका–७ मल्मका ६१ वर्षीया मनकुमारी परियारलाई घुम्टे युवा परिवार जापान शाखाले आर्थिक सहयोग गरेको छ।

उच्च रक्तचापका कारण टाउकोमा गम्भीर समस्या देखिएपछि एक महिनादेखि काठमाडौँको शिक्षण अस्पतालमा भर्ना भएकी उनलाई थप उपचारका लागि शाखाले चार लाख ५८ हजार ६५१ प्रदान गरेको हो।

संस्थाका प्रतिनिधि जानु थापा, कलाकार दुर्गेश थापालगायतको उपस्थितिमा सो रकम परियारका श्रीमान् मनबहादुरलाई हस्तान्तरण गरिएको शाखा अध्यक्ष दिनेश थापाले जानकारी दिए।

अर्थाभावका कारण परियार उपचारबाट वञ्चित हुनुपर्ने स्थिति आएपछि शाखाको पहलमा जापानमा रहेका गलकोटेले स्वतःस्फुर्त रकम जुटाएर नेपाल पठाएको उनको भनाइ छ। ११० सहयोगदाताबाट सो रकम सङ्कल भएको थियो।

न्यून आए भएको परिवारको सदस्यको उपचारमा समस्या निम्तिएपछि मानवीय सेवाभाव राखेर आर्थिक सहयोग अभियान चलाइएको शाखाका सचिव तुलवीर थापाले बताए। उनका अनुसार गाउँठाउँमा अप्ठेरो पर्दा शाखाले अघिपछि पनि यस किसिमका सहायता प्रदान गर्दै आएको छ।

गलकोट, मल्ममा केन्द्रीय कार्यालय रहेको घुयुपको नेपालका विभिन्न सहरदेखि भारत, जापानलगायतका देशमा शाखा छन्। विसं २०४१ खुलेको उक्त संस्था सामाजिक र मानवीय सेवाका क्षेत्रमा क्रियाशील छ।

प्रकाशित: २ फाल्गुन २०७८ ०२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App