अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन्।
बिहीवार अर्थमन्त्रालयमा आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एमसीसी परियोजनाको सम्बन्धमा राजनीतिक दलहरुका बिचमा राष्ट्रिय सहमती खोज्ने प्रयास भइरहेको बताएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले सहमती निर्माण गर्नका लागि प्रयास गरिरहेको उनले उल्लेख गरे। उनले एमसीसी परियोजनामा राष्ट्रिय सहमती खोज्न गरेको प्रधानमन्त्रीको प्रयासले निष्कर्ष निस्किनेमा विश्वास व्यक्त गरे।
प्रकाशित: २७ माघ २०७८ १२:१५ बिहीबार