१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

आधुनिक प्रविधिको उपकरणमार्फत सर्भिसिङ्

इटहरीमा सञ्चालित आशिष सर्भिसिङ् सेन्टरले हलुका सवारी साधनको सर्भिसिङ् आधुनिक प्रविधिको उपकरणमार्फत गर्ने भएको छ।  

११ वर्षअघि खुलेको सेन्टरले अहिलेसम्मको अनुभवलाई थप परिमार्जित र परिस्कृत गर्दै दक्ष कामदारको सहयोगले आधुनिक प्रविधिका उपकरणहरुको प्रयोग गर्दै सेवा प्रदान गर्ने जानकारी दिइयो। ‘हामीले ग्राहकले पाउनुपर्ने सम्पूर्ण सुविधाहरु उपलब्ध गराउँदै आएकाले सवैको रोजाईमा पर्न सफल भएका छौं,’ सञ्चालक गणेश कार्कीद्धारा जारी विज्ञप्तिमा भनिएको छ। उनका अनुसार सेन्टरले सेवा विस्तार गर्ने क्रममा निकट भविश्यमा क्याफे, सैलुन, मसाज साथै खोलाको किनारमा ठुला रुखको सितल छहारीमुनी बसी रिसोर्टको आनन्द पनि सेवाग्राहीले लिन पाउनेछन्।  

सर्भिसिङ सेन्टरले अहिले प्रदेश नं. १ का १४ वटै जिल्ला अनि प्रदेश नं.२ का दुई जिल्ला सप्तरी र सिरहाका सेवाग्राहीलाई सेवा दिईरहेको छ। यहाँको कम्प्युटराईज थ्रिडि अलाईमेन्ट चेकिङ्, डाईग्नोस्टिक चेकिङ्, इलेक्ट्रिकल कन्ट्रोल युनिट, स्क्रििन प्रिन्ट, ह्वील ब्यालेन्सिङ्, टायर चेन्जर, नाईन्टोजन इन्फ्रटर, चेम्बर पेन्टिङ्का साथै फम वासिङ् र आफ्नै ओरिजिनल पार्टको थोक बिक्री कक्ष मुख्य पहिचान हो।  

मैत्रीपुर्ण  वातावरण, ग्राहक प्रतिक्षालय, शुद्ध पिउने पानी, कफी चियाको सेल्फ सर्भिस, स्मोकिङ् जोन र कम्प्युटराईज बिलिङ्बाट ग्राहकहरुले आफ्नो भरपुर विश्वास र सुविधा प्राप्त गर्न सक्ने सञ्चालक कार्कीले बताए।

प्रकाशित: १६ माघ २०७८ १०:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App