१३ असार २०७९ सोमबार
अर्थ

भिजिट भिसामा खाडी मुलुक जान रोक

बढ्दो कोरोना भाइरस संक्रमणका कारण सरकारले भिटिज भिसामा खाडी मुलुक जान रोक लगाउने निर्णय गरेको छ। बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै गृह मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको हो।

शुक्रबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी २०७८ माघ १० गतेदेखि लागू हुनेगरी अर्को आदेश जारी नभएसम्मका लागि ती राष्ट्रमा भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाइएको जनाएको छ।

प्रकाशित: ७ माघ २०७८ १९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App