३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

दराजको नयाँ लोगो

ई–कमर्स प्लेटफर्म दराजले आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ।

दराज समूहका संस्थापक तथा सिइओ बियार्के मिक्केलसनले नयाँ ब्रान्डको सुरुआतले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताएका छन्।

दक्षिण एसियाका पाँचवटा बजारहरू–पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा ई–कमर्सलाई मानिसहरूको दैनिक जीवनको मुख्य हिस्सा बनाउने दराजको  महत्त्वांकाक्षा यो नयाँ ब्रान्डको मुख्य चालकमध्ये एक भएको उनले बताए।

रिब्रान्डको विभिन्न पक्षमध्ये एक उल्लेखनीय परिवर्तनको रूपमा यस लोगोलाई लिइएको कम्पनीले जनाएको छ।

नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्दछ, जुन ई–कमर्स प्लेटफर्मले एसएमई बिक्रेतालाई ग्राहकसँग भौतिक रूपमा कसरी जोड्छ भन्ने प्रतीकात्मक गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। लोगोको केन्द्रमा एउटा तीर छ। त्यसलाई कम्पनीले प्रगति र द्रुत डेलिभरीको प्रतीक भनेको छ।

रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ। वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्नेबित्तिकै आँचलले पदभार ग्रहण गर्नेछिन्।

प्रकाशित: ४ माघ २०७८ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App