१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

वैभव सहकारी सञ्चालनमा

भक्तपुरमा बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याइएको छ। जिल्लाको मध्यपुर थिमी नगरपालिका–४, शंखधर चोकमा वैभव बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा ल्याइएको हो।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले आइतबार उक्त संस्थाको उद्घाटन गरेका छन्। सहकारी संस्थामा मीना अवाल व्यवस्थापक छिन्। अध्यक्ष सुरज खिमु श्रेष्ठले संस्थाको नेतृत्व सम्हालेका छन्।

प्रमुख अतिथि एवं भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धरले सहकारीले उद्योगी, व्यवसायीको आर्थिक समस्या समाधान गर्न सहयोगीको भूमिका खेल्ने भएको बताए। संघ र सहकारीले सहकार्य गरी अघि बढ्नुपर्ने पनि उनले बताए।

प्रकाशित: ३ माघ २०७८ ०३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App