८ वैशाख २०८१ शनिबार
अर्थ

महालक्ष्मी बैंक र मोडर्न रेमिट्यान्सबीच सम्झौता

महालक्ष्मी विकास बैंक र मोडर्न रेमिट्यान्स प्रालिबीच सम्झौता भएको छ। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र मोडर्न रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत साधुराम खड्काले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार विश्वका विभिन्न स्थानबाट नेपालभित्र बैंकिङ च्यानल मार्फत आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका एक सय तीन शाखामार्फत सेवा लिन सकिनेछ।

अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसारको कुनै पनि स्थानबाट मोडर्न रेमिट्यान्स मार्फत सोझै खातामा रकम जम्मा गर्नसक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ। बैंकले हालसम्म २७ वटा रेमिट कम्पनीसँग सम्झौता गरी ग्राहकलाई छिटोछरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ।

यसका साथसाथै रेमिट्यान्सबाट आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषता सहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ। हाल यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ।

प्रकाशित: २ माघ २०७८ ०५:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App