८ वैशाख २०८१ शनिबार
अर्थ

सामसङले ल्यायो ग्यालेक्सी एस-२१ एफई ५जी

सामसङले सन् २०२२ को आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गरेको छ। कम्पनीले बुधबार ग्यालेक्सी एस-२१ एफई ५जी मोडल सार्वजनिक गरेको हो।

सामसङ मोबाइल नेपालका व्यवसाय प्रमुख प्रणय रत्न स्थापितका अनुसार ग्यालेक्सी एस-२० एफईले राम्रो बजार पाएसँगै कम्पनीले यो नयाँ मोडल सार्वजनिक गरेको हो। उनका अनुसार फोनको डिजाइनसँगै यसको कार्यक्षमता र क्यामेरा पनि उच्च गुणस्तरको छ।

मोबाइलको पछाडि भागमा १२ मेगापिक्सेलको मुख्य क्यामेरा, १२ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा र ८ मेगापिक्सेलको टेलिफोटो क्यामेरा गरी तीन वटा क्यामेरा छन्। त्यस्तै, यसको अगाडि ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा छ।

ग्यालेक्सी एस-२१ एफईमा ६.४ इन्चको एफएचडीसहितको अमोलेड डिस्प्ले छ। यसमा १२० हर्जको रिफ्रेस रेट छ। फोनमा ५ एनएम एक्जिनस २,१०० प्रोसेसर र ४,५०० एमएएच ब्याट्री क्षमता छ। आइपी ६८ रेटिङ पाएको यो स्मार्टफोन धुलो र पानी प्रतिरोधक छ।

ग्यालेक्सी एस-२१ एफई ५जी ग्राफाइट, लाभेन्डर र अलीभ गरी तीन रङमा उपलब्ध छ। ८ जिबी र्‍याम र २५६ जिबी स्टोरेज भएको यो ग्यालेक्सी एस-२१ एफई ५जीको नेपाल बजार मूल्य ८९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित: ३० पुस २०७८ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App