१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कामना सेवा र नमस्ते पेबीच साझेदारी

कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पेबीच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदानप्रदान गर्ने साझेदारी भएको छ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

यस सुविधामार्फत बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैंकिङमार्फत नमस्ते पेमा फन्ड लोड गरी क्रेडिट कार्डको बिल, इन्स्योरेन्सको प्रिमियम, विद्युत् महसुल, खानेपानीको महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीको सुविधा लिन सक्ने बताइएको छ।

हाल बैंकले एक सय २९ शाखा, एक एक्टेन्सन काउन्टर, एक शाखारहित बैंकिङ सेवा तथा ७७ एटिएममार्फत सेवा दिइरहेको छ। 

प्रकाशित: २६ पुस २०७८ ०३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App