९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स लाइफद्वारा एक महिनामा ५७ लाख मृत्यु दाबी भुक्तानी

सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीले म्याग्दीमा एकै महिनामा ५७ लाखभन्दा बढी मृत्यु दाबी रकम भुक्तानी गरेको छ। गएको पुष ८ गतेदेखि २५ गतेसम्मको अवधिमा तीन जना बिमित मृतकका आफन्तलाई सो रकम भुक्तानी गरिएको सिटिजन्स लाइफ इन्सोरेन्स कम्पनीको बेनी शाखाले जनाएको छ।

रघुगंगा गाउँपालिका–१ बेगका दुई जना बिमितका परिवारलाई आइतबार ५४ लाख मृत्यु दाबी रकम भुक्तानी गरेको कम्पनीले बेनी नगरपालिका–३ का शान्तराम बुढाथोकीका परिवारलाई तीन लाख ३८ हजार ३८८ हस्तान्तरण गरेको थियो।

गत महिना बेगमा जिप दुर्घटनामा ज्यान गुमाएका दुतबहादुर थापाका परिवारलाई ३१ लाख दुई हजार पाँच सय र गौमाया बिकका परिवारलाई बीस लाख हस्तान्तरण गरिएको शाखा प्रमुख भावना पौडेल सुबेदीले बताइन्। उनका अनुसार पन्ध्र लाखको बिमा गरेका थापाले दुई किस्तामा एक लाख ५५ हजार प्रिमियम शूल्क तिरेका थिए। बिमांक बाहेक किरिया, दुर्घटना र एक बर्षको बोनस सहितको रकम उपलब्ध गराइएको कम्पनीले जनाएको छ। दश लाखको बिमा गरेकी गौमायाले दुई किस्तामा नब्बे हजार प्रिमियम शूल्क तिरेकी थिइन्।

बेगखोलामा भएको बिमा दाबी रकम हस्तान्तरण कार्यक्रममा रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बिमाले हानीको क्षति कम गर्ने र आश्रित परिवारको जिविकोपार्जनमा सहयोग पुग्ने भएकाले बिमा सम्बन्धी शिक्षा र चेतना फैलाउन आवश्यक रहेको बताए। उनले दुर्घटनाको एक महिनाको अवधिमै क्षतिपूर्ति सहितको रकम उपलब्ध गराएर कम्पनीले विश्वास जितेको बताए।

प्रकाशित: २५ पुस २०७८ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App