२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भक्तपुरमा सहकारीको एटीएम

शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित एटीएम सेवाको बिहीबार भक्तपुरको कमलविनायकमा एक समारोहवीच उद्घाटन गरियो। भक्तपुर घरेलु तथा साना उद्योग व्यवसायी संघका अध्यक्ष प्रेमकृष्ण खर्वुजाले एटीएम सेवाको शुभारम्भ गरेका हुन्। शिवशिखरको कमलविनायक सदस्य सेवा केन्द्रमा एटीएम सेवा शुभारम्भ गरिएको हो।

कार्यक्रममा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका महाप्रबन्धक लीलानाथ गौतमले आगामी र्दुइहप्ताभित्रै सहकारीले सञ्चालन गरेका काठमाडौं उपत्यकाका तीन र उपत्यकाबाहिरका १० वटा जिल्लाहरुका मार्टहरुमा एटीएम सेवा विस्तार गर्ने योजना रहेको जानकारी गराए।

भविष्यमा देशभर ५० ठाउँंहरुमा मार्टसहित एटीएम सेवा विस्तार गर्ने योजना रहेको पनि उनले सुनाए। हाल मार्ट सञ्चालन गर्दै आइरहेको सहकारीको यो पहिलो एटीएम सेवाको सुरुवात हो।

प्रकाशित: २२ पुस २०७८ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App