३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

सन्राइज बैंकको नयाँ बचत खाता

सन्राइज बैंकले नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ। यस सन्राइज सम्पूर्ण बचत खातामा उच्चतम ब्याजदर पाउनुका साथै विभिन्न सेवाको फाइदा लिन सकिने बैंकले जनाएको छ। खातामा बैंकले पाँच वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ र भिसा डेबिट कार्ड दिनेछ।  

साथै एक वर्षका लागि डिम्याट खाता र मेरो सेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसायात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुटसमेत प्राप्त गर्नसक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ। यस खातामा ८० हजार रूपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रूपैयाँसम्मको ओपिडी खर्च बिमाका साथै पाँच लाख रूपैयाँसम्मको दुर्घटना बिमा सुविधा पाइनेछ।

प्रकाशित: २१ पुस २०७८ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App