४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

भिजिविलिटी कम भएपछि नेपालगन्जमा उडान शून्य

मौसम र भिजिविलिटी (पारदर्शीता) कम भएपछि नेपालगन्ज विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। मंगलबार बिहानैदेखि अधिकांश विमानस्थलको मौसम खराब हुँदा भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेको नेपालगन्ज विमानस्थलले जानकारी दिएको छ।

कुनै पनि आँखाले हेरेर अवतरण हुने (भिएफआर) जहाजलाई कम्तिमा पाँच किलोमिटर भिजिवलिटी आवश्वकता पर्छ भने यान्त्रिक भिजिवलिटीमा अवतरण गर्ने  (आइएफआर) जहाजका लागि १६ सय मिटर आवश्यक पर्छ। विमानस्थल प्रमुख सुवास झाले मंगलबार नेपालगन्जबाट शून्य उडान भएको जानकारी दिए। नेपालगन्जबाट दैनिक ५० भन्दा बढी उडान हुने भए पनि बाक्लो हुस्सु÷कुहिरोका कारण मंगलबार एउटा पनि उडान हुन सकेन।

उनका अनुसार मंगलबार नेपालगन्जमा दिउँसो अधिकतम ८ सय मिटरसम्म मात्रै भिजिविलिटी थियो। एकैदिन हवाइ उडान प्रभावित हुँदा  दुई हजार बढी यात्रु प्रभावित भएका छन्। नेपालगन्जबाट दैनिक कर्णालीका जिल्लाका साथै संघीय राजधानी काठमाडौं र पोखरामा उडान हुने गरेको छ। प्रमुख झाले कर्णालीका जिल्लामा यात्रुरुहरुको चापको आधारमा उडान हुने गरेको बताए।  

अहिले तीनवटा विमान कम्पनीले कर्णालीमा दैनिक उडान गर्दै आएका छन्। एकदिनमा न्यूनतम तीनपटकसम्म विमानले उडान गर्दछ। यस्तै नेपालगन्ज–पोखरासम्म भने दैनिक दुईवटा उडान हुने गरेको उनको भनाइ छ। यस्तै नेपालगन्ज–काठमाडौंका लागि दैनिक १२ वटासम्म उडान हुन्छन्। ‘बाक्लो कुहिरो र हुस्सुका कारण शून्य उडान भएको छ। बेलाबेलामा विभिन्न कारणले उडान प्रभावित हुने गरेको छ,’ उनले भने, ‘अहिले हुरीबतास, पानी र कुहिरोले  उडान प्रभावित हुने गरेको छ। अहिलेको अवस्था हेर्दा केहीदिन यस्तै हुने देखिन्छ।’

प्रकाशित: २० पुस २०७८ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App