२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता देखाएन: शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन्।

सोमबार बस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुदाई स्वागत गर्न आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सबै नेताहरुले निजी क्षेत्रको सहभागिता विना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाए।

अध्यक्ष गोल्छाले महासंघले तयार परेको भिजन पेपरमा निजी क्षेत्रसँग सम्बन्धीत एक सय वटा समस्याहरु पहिचान भएको बताउदैँ ती समस्या समाधान भए मुलुक भित्र लगानीको वातावराण बन्ने पनि दावी पनि गरे। उनले भिजन पेपरमा पहिचान भएका समस्या मध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी का अगाडी बढाएको बताए। अध्यक्ष गोल्छाले ४४ वटा समस्या मध्ये १४ वटा कानुनसँग सम्बन्धित रहेको बताए।

महासंघका अध्यक्ष गोल्छाले हाल बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभाव कारण लयमा फर्किन थालेको अर्थतन्त्र पूनः सुस्ताउदै गएकोले चिन्ता बढेको बताए। अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको समेत जानकारी दिए। यस्तै, उनले कोरानाको कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजिकरण गर्ने भन्ने बारे अर्थ मन्त्रालयलाई आग्रह गरिएको समेत बताए।

प्रकाशित: १२ पुस २०७८ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App