२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

एनसीएचएल डिजिटल सर्भिसेस् आईसीटी अवार्डबाट सम्मानित

आईसीटी अवार्ड २०२१ अन्तर्गत डिजिटल सर्भिसेस् आईसीटी अवार्ड २०२१ बाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सम्मानित भएको छ।

लिभिङ विथ आईसीटीले पुस २ गते आयोजना गरेको अवार्ड समारोहमा एनसीएचएल सम्मानित भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

विभिन्न १२ वटा विधामध्ये डिजिटल सर्भिसेस्को विधामा एनसीएचएलले उक्त अवार्ड प्राप्त भएको कम्पनीले जनाएको छ। डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्‍याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको कम्पनीको भनाइ छ।

एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको कम्पनीको भनाइ छ।

भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरि, अन्तरबैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस ई पेमेन्ट, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्ट इन्टरफेस र कर्पोरेट पे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्‍याउँदै आएको छ।

प्रकाशित: ६ पुस २०७८ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App