नेपाल इन्स्योरेन्स सर्भेयर एसोसिएसन (निसा) को अध्यक्षमा मोहन पुरुष ढकाल निर्वाचित भएका छन्। ढकाल एसोसिएसनको १३औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनबाट नौ सदस्यीय कार्यसमितिको नेतृत्व गर्दै आगामी दुई वर्षका लागि निर्विरोध निर्वाचित भएका हुन्।
अधिवेशनबाट उपाध्यक्षमा देउकाजी गुरुङ, महासचिवमा पवित्रविक्रम राणा, सचिवमा बुद्घकाजी श्रेष्ठ, कोषाध्यक्षमा दिलमान चन्द र सदस्यमा शिशिर गैरे, प्रवेश पौडेल, अमरचन्द्र निराला र दीपक रानाभाट निर्वाचित भएका छन्। निर्वाचित सबैको कार्यकाल चार वर्षको हुने जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: ६ पुस २०७८ ०५:४१ मंगलबार





