२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल बैंकको सभा

 नेपाल बैंक लिमिटेड ६२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालको सभापतित्वमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष ०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ असार  मसान्तको वासलात, नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गरेको छ।

सभाले हालको चुक्ता पुँजीको तीन प्रतिशतका दरले नगद लाभांश र एक अर्ब ७६ करोड ९१ लाख ४६ हजार दुई सय सात रूपैयाँ बराबरको बोसन सेयर  वितरण गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ। साथै, बोनस सेयर वितरणबाट बैंकको साबिक जारी तथा चुक्ता पुँजी वृद्धि गरी १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८ सय ३१ रूपैयाँ कायम गर्ने र सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीको सम्बन्धित दफामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ। 

प्रकाशित: ४ पुस २०७८ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App