२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

प्रदेश १ मा घट्यो धान उत्पादन

प्रदेश १ मा यो वर्ष धान उत्पादन घटेको छ। प्रदेश कृषि निर्देशनालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा करिब ३ प्रतिशतले धान उत्पादन घटेको छ। कात्तीकको पहिलो साता वेमौसमी वर्षा र वर्षाका कारण आएको बाढीले  पसाउन लागेको धान बालीलाई क्षति पुर्‍याएका कारण धान उत्पादनमा कमी आएको प्रदेश कृषि निर्देशनालय विराटनगरका कृषि अर्थ विज्ञ नेत्रमणी काफ्लेले बताए।

उनले भने ‘पसाएको र केहि काटेको धानमा वर्षाका कारण आएको बाढीले क्षति पुर्‍याउँदा धान उत्पादन २.८९ प्रतिशतले  घटेको हो।’ काफ्लेका अनुसार वेमौसमी बर्षाले प्रदेश १ का १४ वटै जिल्लामा लगाएको धानवालीमा क्षति पुर्‍याएको छ। यो वर्ष समयमै वर्षा भएका कारण गत वर्षको तुलानमा धान वाली लगाएको क्षेत्रफल बढे पनि वेमौसमी वर्षाका कारण उत्पादन भने बढ्न नसकेको उनले बताए।

यो वर्ष प्रदेश १ मा ३ लाख ३६ हजार १ सय २३ हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो। जसमा १२ लाख ७३ हजार ३ सय ६५ मेट्रिकटन धान उत्पादन भएको छ। गत वर्ष ३ लाख ३२ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धानवालीबाट १३ लाख ११ हजार २ सय ४५ मेट्रिकटन धान उत्पादन भएको थियो। जिल्लागत रुपमा प्रदेश १ को झापामा यो वर्ष सबै भन्दा बढी धान उत्पादन भएको छ।

झपामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको धानवालीबाट ४ लाख १४ हजार ७ सय ५० मेट्रिकटन धान उत्पादन भएको छ। यस्तै मोरङमा ८२ हजार ४ सय ६७ हेक्टर क्षेत्रफलमा लगाएको धानवालीबाट ३ लाख ३८ हजार १ सय १५ मेट्रिकटन धान उत्पादन भएको छ। यस्तै सुनसरीमा ५३ हजार ९ सय हेक्टर क्षेत्रफलमा लगाइएको धानवालीबाट २ लाख ७ हजार ६ सय २३ मेट्रिकटन धान उत्पादन भएको छ।

उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीबाट ५३ हजार ५ सय २० मेट्रिकटन धान उत्पादन भएको छ। ओखलढुंगामा १२ हजार ८ सय १३ मेट्रिकटन, २५ हजार १ सय ५१ मेट्रिकटन, भोजपुरमा ४६ हजार ६ सय ३३,धनकुटामा २३ हजार ३९, मेट्रिकटन धान उत्पादन भएको छ। तेह्रथुममा २० हजार ८ सय ७८,इलाममा ४८ हजार १ सय १७,पाँचथरमा २१ हजार ६ सय २७,सोलुखुम्बुमा ३ हजार ५ सय ८५,संखुवासभामा ३६ हजार १३ र ताप्लेजुङमा २१ हजार ४ सय ९३ मेट्रिकटन धान उत्पादन भएको छ।

यो वर्ष धान रोपाइँको क्षेत्रफल बढेको र प्रयाप्त वर्षा भएका कारण धान उत्पादन बढ्ने अनुमान गरिएको भए पनि गत कात्तीकमा वेमौसमी झरी र बाढीले क्षति पुर्‍याएर धान उत्पादन नै घट्न पुगेको निर्देशनालयले जनाएको छ। यति मात्रै हैन सिंचाईको अभाव, उन्नत जातको वीउ र प्रयाप्त मल आपूर्ति नहुँदा धान उत्पादन प्रभावित हुँदै आएको निर्देशनालयका कृषि अर्थ विज्ञ काफ्लेले बताए।

प्रकाशित: १ पुस २०७८ ११:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App