१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘सस्तो डिल’ ले आफ्नो १०औं वार्षिकोत्सव मनायो

अनलाइन शपिङका लागि नेपाली उपभोक्तामाझ लोकप्रिय प्लेटफर्म ‘सस्तो डिल डटकम’ले आफ्नो १०औं वार्षिकोत्सव मनाएको छ। नेपालका लागि भारतका राजदुत विनय मोहन क्वात्राको प्रमुख आतिथ्यमा सस्तो डिलले आफ्नो वार्षिकोत्सव मनाएको हो।  

वार्षिकोत्सवको अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले सस्तोडिलको आगामि यात्राको लागि शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा सस्तो डिलले फ्लिपकार्ट र मिन्त्रासँग गरेको सहकार्यको यात्रा पनि प्रदर्शन गरिएको थियो।

सस्तो डिलले नेपालभरका विधवा र विपन्न महिलालाई अवसर प्रदान गरी एकल महिलालाई सहयोग गर्दै आएको छ। सोहि क्रममा सस्तो डिलले वुमन फर हिउमन रिसोर्स (डब्लु.एच.आर) सँगको सम्झौता पनि गरेको थियो। कार्यक्रममा प्रत्यक्ष लिलामी पनि सञ्चालन गरिएको थियो। अनलाइन शपिंगको अनुभवलाई अफलाइन शपिंगको अनुभवमा प्रदर्शन गरिएको थियो।

सस्तो डिलको १०औं वार्षिकोत्सव कार्यक्रममा बेस्ट अफ नेपालको पनि प्रवद्र्धन गरिएको थियो। सस्तो डिलले स्थानीय बासिन्दाका लागि यात्राका लागि स्मृति चिन्ह राखेर नेपाल पर्यटन प्रवद्र्धन गर्दै आएको छ। यात्रुहरूले तिनीहरूलाई आफ्नो होटेलको कोठाबाट अर्डर गर्न सक्छन् भने २४ घण्टामा सो समाग्री प्राप्त गर्न सक्छन्। जुन सस्तो डिलको वेभसाईटमा उल्लेख गरीएको छ।  

यसै क्रममा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टसँग सस्तो डिलको सहकार्यको सुरुवात पनि भएको थियो।  नेपालमा पहिलो पटक डिजिटल ज्ञान भएका व्यक्तिहरूलाई ‘ईकमर्स’मा व्यावसायिक प्रमाणपत्र दिइनेछ। कार्यक्रममा कार्यक्रममा स्ट्यान्डअप कमेडीयन प्रणिश गौतमल रोचक र आकर्षक कमेडि पनि प्रस्तुत गरेका थिए।  

सस्तो डिलको १० औं वार्षिकोत्सवको मुख्य आकर्षण भनेको हस्ताक्षर अभियान ‘सुपर डे’ थियो। जहाँ उनीहरूले नेपालभर दश हजार उत्पादन र निःशुल्क डेलिभरीको प्रस्ताव राखेका थिए। सस्तो डिल पार्टनरहरूलाई प्रशंसाको टोकन हस्तान्तरण गरिएको थियो र अन्तमा डिनर र नेटवर्किङद्वारा सस्तोडलको १०औं वार्षिकोत्सवको समापन गरिएको थियो। 

यस्तै १० वर्षको यात्रालाई संस्थापक अमुन थापाले भिजुअलाइजिङ प्रस्तुति सहित प्रस्तुत गरेका थिए भने बोस्टन परामर्श समूहका उपाध्यक्ष सौरभ चन्द्रले कार्यक्रमको समापन गरेका थिए।

प्रकाशित: २९ मंसिर २०७८ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App