१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा सामान्य वृद्धि

सुनचाँदी बजारमा साताको पहिलो दिन आज छापावाल सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७०० रुपैयाँले बढेर प्रतितोला ९२ हजारमा कारोबार भईरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ५०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९० हजार ८०० रुपैयाँ तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला  १० रुपैयाँले बढेर एक हजार २०० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेको छ। 

प्रकाशित: १९ मंसिर २०७८ ०६:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App