२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयभन्दा आयल निगम रहने की नरहने भन्ने पहिलो विषय

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयभन्दा पनि आयल निगम रहने की नरहने भन्ने पहिलो विषय भएको बताएका छन्।

बिहिबार राज्यका निर्देशन सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले गरेको छलफलमा निर्देशक पौडलेले निगमले दैनिक साढे ७ करोड घाटा खाएर काम गरिरहेको अवस्थामा मूल्यवृद्धि गरेको विषय उठान गर्नुभन्दा पनि आयल निगम रहने की नरहने भन्ने विषय प्रमुख भएको बताए।  

निर्देशक पौडेलले सरकारले निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु पर्ने अवस्था श्रृजना पनि गर्न नहुने बताए। उनले निगम दैनिक साढे ७ करोड घाटामा काम गरिहेको बताए। यस्तो अवस्था निगमले काम गरिरहँदा पनि निगमलाई नै विवादित बनाउनु राम्रो नभएको बताए। उनले निगमले सबैभन्दा बढी एलपी ग्यासमा घाटा रहेको जानकारी दिए। एलपी ग्यास नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको उनको भनाइ छ।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले सरकारले ग्याँस खपत कम गर्ने विषयमा माथिल्लो निकायसँग छलफल भइरहेको बताए। उनले ग्यासको खपत कम गर्न विद्युतको प्रयोग कसरी बढाउने भन्ने विषयमा धेरै पटक छलफल भएको बताए। 

प्रकाशित: १६ मंसिर २०७८ १३:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App