६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनचाँदीको मूल्य घट्यो

आज छापावाल सुनको मूल्य प्रतितोला ४ सयले घटेर ९१ हजार ५०० कायम भएको छ। पहेँलो सुन अघिल्लो दिन प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार तोकिएको छ। त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४ सय थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २ सय तोकिएको महासङ्घले जनाएको छ। अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७९ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: १५ मंसिर २०७८ ०६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App