२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

व्यवसायीसँग थापा समूहको अन्तरक्रिया

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएसँगै अध्यक्षमा उम्मेद्ववारी दिएका ध्रुव थापाको समूहले पोखराका अटोमोबाइल व्यवसायीसँग अन्तरक्रिया सम्पन्न गरेको छ।

नाडाको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेद्वारी दिएका थापा लगायत उनको प्यानलसहितको कार्यक्रममा पोखरा, लेखनाथ र नयाँ बजार क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीका साथै वाग्लुङ, पर्वत, तनहुँ जिल्लाका अटो व्यवसायीको सहभागिता रहेको थियो।

साथै उक्त कार्यक्रममा नाडाका सबै पूर्व अध्यक्षहरूको स्पष्ट समर्थन थापा समूहलाई रहेको जानकारी गराइएको थियो। कार्यक्रममा थापाले आफ्नो समूह नेतृत्वमा आएपछि गरिने नीतिगत सुधार, सचिवालयमा गरिने सुधार, नाडा अटो सोको प्याटेन्ट लिनेदेखि लिएर मोफसलमा पनि केन्द्रकै आयोजनामा अटो सो गरिने अवधारणा, सदस्यको क्षमता अभिवृद्धि गरिने विषय, कुनै पनि व्यवसायीले अटोमोबाइल क्षेत्रका जानकारी लिन चाहेमा उपलब्ध गराउन डाटा हबको निर्माण गर्ने र संस्थात रूपमा नाडाका तर्फबाट गरिने समाजिक उत्तरदायित्वबारे आफ्नो धारणा राखेका छन्।

अहिले नाडामा साना, मझौलादेखि लिएर ठूला व्यावसायिक घरानाको समेत सहभागिता रहेकाले सबैलाई समेटेर लैजानु पर्ने आवश्यकता रहेको बताए।

प्रकाशित: १५ मंसिर २०७८ ०३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App