१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सरकारले आजदेखि ई-पासपोर्ट जारी गर्दै

आजदेखि सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्न सुरु गरेको छ। राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई-पासपोर्ट सार्वजनिक गर्ने भएका छन्।

ई-पासपोर्ट अन्तर्राष्ट्रिय स्तरमा हाल प्रचलनमा छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले ई-पासपोर्टलाई सुरक्षित भनेर परिभाषित गरेको छ। अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ। विभागले मंसिर १ गतेदेखि आंशिक रुपमा सुरु हुने ई-पासपोर्ट वितरण एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना बनाएको छ।

एमआरपी प्रणालीको तथ्यांक नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले सुरुआतमा दुबै खालका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो। ई-पासपोर्टमा राष्ट्रपतिको कार्यालय शितल निवासदेखि इलामको चिया बगानसम्मका तस्बिरहरू राखिएका छन्।

प्रकाशित: १ मंसिर २०७८ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App