नेपाल स्टक एक्सचेञ्जले कम्पनीसँग जोडिएको एक संस्थाको पूर्ण विवरण नदिएको पाइएपछि कारबाही गर्ने चेतावनी दिएको छ।
नेप्सेले खारे इन्भेस्टमेन्टको प्रबन्धपत्र, नियमावली, सम्पूर्ण सञ्चालकको विवरणलगायत लगानीका विविध विषयमा जानकारी मागेको थियो। राधीले ती विषयमा आंशिक मात्रै विवरण दिएर नेप्सेको निर्देशनलाई अवज्ञा गरेको पाइएको छ। नेप्सेको सुपरिवेक्षण शाखाका कामु सहायक प्रबन्ध सुवोध ढुङ्गेलका अनुसार लगानीको सम्पूर्ण विवरण नदिइएको पाइएकाले तीन दिनभित्र पेश गर्न निर्देशन दिइएको छ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ४८ बमोजिम तीन कार्य दिनभित्र मागिएको विवरण उपलब्ध गराउन पुनः निर्देशन दिइएको छ। सो समयावधीभित्र विवरण पेश नगरेको पाइएमा धितोपत्रको प्रचलित ऐन, नियमअनुसार कारबाही हुने नेप्सेले जनाएको छ। रासस
प्रकाशित: २५ कार्तिक २०७८ १४:१६ बिहीबार