२४ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाँदै

बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन्। लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ श्रमिक कोरिया जान लागेका हुन्।

कोरोना महामारीका कारण प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार जान पाएका थिएनन्। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै त्यसतर्फ जान लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

लामो समयपछि दक्षिण कोरिया जाने श्रमिकलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्ने कार्यक्रम छ। कोरिया जाने सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक पर्खाइमा रहेको मन्त्रालयले जनाएको छ।

दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा लिइन्छ।

प्रकाशित: ९ कार्तिक २०७८ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App