२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

फूल उत्पादन बढ्दै, आयात वर्षेनी घट्दै

पोखराका पुष्प व्यवसायी तिहारको फूल स्याहार गर्दै। तस्बिरः उमेश पुन/नागरिक

चाडबाडको बेला आयातमै भर पर्नुपर्ने फूल अहिले घरेलु उत्पादनले बजार थेगेको छ। पुष्प व्यवसायीले उत्पादनलाई जोड दिदैं आएका छन्। आयात प्रतिस्थापन हुदैं गएको छ। किसानहरु पुष्प व्यवसाय प्रति आकर्षित हुदैं गएका छन्। व्यक्तिगत मात्रै नभई संस्थागत रुपमा समेत पूmलको खेती गर्ने किसानलाई सरकारले समेत प्रोत्साहन गरेको छ।  

‘हिजो ९५ प्रतिशत फूल भारतबाट आयात गथ्र्यौै,’ पुष्प व्यवसायी संघ कास्कीका संस्थापक अध्यक्ष बसन्त बानियाँले भने, ‘अहिले ८०–९० प्रतिशत हामीले नै उत्पादन गर्छौ।’ भारतबाट विशेष गरी तिहारको बेलामा मेरीगोल्ड(सयपत्री) फूलको माला आयात हुदैं आएको छ। उनका अनुसार अहिले विगतका वर्षहरुमा जस्तो भारतीय माला आयात हुदैनन्। आयातित माला प्रयोगमा समेत कम हुदैं गएको छ। तिहारमा विशेष गरी सयपत्री र मखमली फूलको प्रयोग हुन्छ। मखमली फूलको उत्पादन भने पोखरामा हुदैैन्। मखमली फूल भने काठमाडौंबाट आयात हुने गरेको छ।  

संस्थापक अध्यक्ष बानियाँले नेपालमा फूलको सँस्कृति नहुँदा २०५१ सालमा ९५ प्रतिशत फूलका माला आयात हुन्थ्यो। फूलप्रतिको सँस्कृति विस्तारै बढ्दै गएपछि नेपालमै उत्पादन हुन थालेसँग आयात वर्षेनी घट्दै गएको छ। ‘अबको दुई वर्षमा आयात रोक्न सक्छौं,’ उनले भने ।

अहिले पनि बढीमा १० देखि २० प्रतिशत जति पोखरामा भारतीय माला चोरबाटोबाट आयात हुदैं आएको छ। तराईमा उत्पादन हुने फूलले काठमाडौंको माग धान्दै आएको छ भने पोखराको मागलाई छिमेकी जिल्लाले पुर्याउँदै आएको उनको भनाई थियो।  

भारतीय फूलको माला भन्दा स्थानीय उत्पादित फूलको मालाको गुणस्तर भएको व्यवसायीको दावी छ। पानी निरन्तर परेकोले पुष्प व्यवसायलाई भने फाईदा पुगेको छ। पोखरामा १५० रोपनी क्षेत्रफलमा पुष्प खेती हुदैं आएको छ। अहिले लेखनाथ क्षेत्रमा बढीमात्रा सयपत्री फूल उत्पादन हुदैं आएको छ। पोखरा र आसपासमा ३९ जना पुष्प व्यवसायी छन्। आयातमै भरपर्नुपर्ने बाध्यतालाई व्यवसायीहरुले नै निरुत्साहित गर्र्दै लगेका छन्। ‘सबैभन्दा बढी फूल तथा माला लक्ष्मी पूजाको दिन खपत हुन्छ,’ पुष्प व्यवसायी दयाकुमार द्वाले भने, ‘बजारको माग स्थानीय उत्पादनले धान्ने परिस्थिति बन्दै गएको छ।’ घरमा भित्र सजाउने, घरको ढोकामा झुण्ड्याउने हुदाँ खपत बढी हुने गरेको हो। दाजुभाइको घाँटीमा मात्रै लगाउन स्थानीय उत्पादनले नै पुग्छ।  

आयातलाई प्रतिस्थापन गर्न किसानहरुलाई पुष्प व्यवसायप्रति आकर्षित गराउन तालिम समेत दिदैं आएको सुनाउँदै पुष्प व्यवसायी संघका पूर्व अध्यक्ष समेत रहेको द्वाले व्यक्तिगतसँगै तरकारी खेती गर्ने किसानहरु पनि आकर्षित भएको बताए। ‘छोटो समयमै उत्पादन लिन सकिने भएकोले कृषि व्यवसायी फूल खेती तर्फ जोडिएका छन्,’ उनको भनाई थियो। उनले व्यवसाय गर्ने र घरकै लागि मात्रै प्रयोग गर्ने किसानलाई समेत तालिम दिएको बताउँदै तालिमसँगै बीउ तथा बेर्ना समेत उपलब्ध गराउँदै आएको उल्लेख गरे। ‘बीउ र बेर्ना भारतबाट आयातीत माला भन्दा गुणस्तरीय छ,’ उनले भने । पछिल्लो समय पुष्प व्यवसायको ट्रेण्ड बढ्दै गएको भन्दै थोरै लगानीमै जीविकोपार्जजन गर्न सहज हुनाले पनि पुष्प व्यवसाय तर्फ आकर्षित भएको स्पष्ट पारे ।  

पोखरामा तिहारको समयमा सरदर दुई करोड रुपैयाँको फूलको कारोबार हुने गर्छ । धादिङ, गोर्खा, लमजुङ, पाल्पा, बाग्लुङ, म्याग्दी लगायतका जिल्लाबाट पोखरामा फूल आयात हुन्छ । ‘भारतीय आयातीय माला भन्दा स्थानीय उत्पादित फूलको माला गुणस्तर र राम्रो हुन्छ,’ उनले भने, ‘आकार पनि ठूलो हुन्छ। आयात गरिएको माला २ सय ग्रामको हुन्छ। स्थानीय उत्पादन फुलको माला भने १ हजार ग्राम(एक केजी)को हुन्छ। 

उनका  अनुसार भारतीय प्रति मालाको १ सय रुपैयाँको हाराहारीमै बिक्री वितरण हुने गरेको छ। ‘स्थानीय उत्पादित माला १५० रुपैयाँ पर्छ,’ उनले भने, ‘किसानको मेहनत र लगानी अनुसार आयात गरिएको भन्दा केही महंगो पक्कै पर्छ।’ पछिल्लो समय पोखरामा कृषि सहकारी मार्फत समेत पुष्पको व्यवसायिक खेती हुने गरेको छ।  

प्रकाशित: ९ कार्तिक २०७८ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App