५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

होन्डा फेस्टिभ बोनान्जाको पहिलो विजेता घोषणा

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दसैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको होन्डाको फेस्टिभ बोनान्जा योजनाअन्तर्गत लक्की ड्रमार्फत पहिलो विजेता घोषणा गरेको छ।

बुटवलको ड्राइभवे व्हिल्स प्रालिबाट डब्लुआरभी–एसभिएमटी खरिद गरेका सञ्जय नेपालले ३ लाख ५० हजार रूपैयाँ नगद उपहार प्राप्त गरेका छन्।

यस योजनाअन्तर्गत होन्डा कारको खरिदमा हात खाली नजाने गरी दुई लाख रूपैयाँसम्मको नगद छुट, एक वर्षसम्मका लागि फ्रि इन्स्योरेन्स, एक वर्षसम्मका लागि फ्रि रोड ट्याक्स, तीन वर्षसम्मका लागि फ्रि सर्भिसिङ, तीन वर्षसम्मका लागि स्पेयर पार्ट्समा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार पाइने छ।साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३ लाख ५० हजारसम्मको क्यास ब्याक जित्न सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ९ कार्तिक २०७८ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App