coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुशीनगर एयरपोर्ट उद्घाटन, लुम्बिनीको पर्यटन पनि प्रवर्द्धन हुने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको कुशीनगर जिल्लास्थित कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टको उद्घाटन गरेका छन्। 

मोदीले बुधबार बिहान उक्त एयरपोर्ट उद्घाटन गरेका हुन्। उद्घाटनलगत्तै त्यहाँबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको कोलम्बोको लागि गरिएको छ। कुशीनगरमा नवनिर्मित उक्त अन्तर्राष्ट्रिय एयरपोर्टले बौद्ध पर्यटकको आवागमनलाई सजिलो बनाउने मदत गर्ने बताइएको छ।

२६० करोड रूपैयाँ लागतमा ३६०० वर्गमिटरमा फैलिएको टर्मिनल भवनसहित कुशीनगर एयरपोर्टको निर्माण भएको हो। नयाँ टर्मिनलले तीन सय यात्रुहरूलाई सजिलै आउन जान सुविधा प्रदान गर्ने बताइएको छ।

कुशीनगर अन्तर्राष्ट्रिय बौद्ध तीर्थ केन्द्र हो। भगवान गौतम बुद्धले कुशीनगरमै महापरिनिर्वाण प्राप्त गरेका थिए। यो स्थल बौद्ध सर्किटको एक केन्द्रबिन्दु पनि हो। बौद्ध सर्किटमा कुशीनगरको अलावा लुम्बिनी, सारनाथ र गयाको तीर्थस्थलहरू सामेल छन्। 

यो एयरपोर्टले बौद्ध धर्मका अनुयायीलाई विदेशबाट लुम्बिनी पुर्‍याउन समेत भूमिका निर्वाह गर्नेछ, जसले लुम्बिनीको पर्यटन विकासमा ठूलो मदत गर्नेछ। साथै यो एअरपोर्टको निर्माणसँगै बौद्ध सर्किट लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर, श्रावस्ती, राजगीर, संकिसा तथा वैशालीको यात्रा कम समयमा पूरा गर्न सकिनेछ।

कुशीनगर अन्तर्राष्ट्रिय एयरपोर्टले विश्वका विभिन्न देशबाट आउने तीर्थयात्रीलाई यो क्षेत्रका विभिन्न बौद्ध स्थानसँग जोड्न मदत र गर्नेछ। यस एयरपोर्टले एसियाली देशहरू श्रीलंका, जापान, ताइवान, दक्षिण कोरिया, चीन, थाइल्यान्ड, भियतनाम र सिंगापुरबाट आउने पर्यटकलाई लुम्बिनी क्षेत्रमा ल्याउन ठूलो भूमिका निर्वाह गर्ने बताइएको छ। 

प्रकाशित: ४ कार्तिक २०७८ ०३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App