१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारद्वारा ‘पढ्दैः कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी

सरकारले ‘पढ्दैः कमाउँदै’ भन्ने कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।

शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे। अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको पनि दोहोर्‍याए। उनले हाम्रो विकासको मोडल सामूदायमा आधारित हुनुपर्ने आवश्यक्ता औंल्याए।

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताए। उनले शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए।

प्रकाशित: २३ आश्विन २०७८ ०८:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App