१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भायानेटको बडा दसैँ अफर: ३२ वा ५५ इन्चको टीभीमा २२ प्रतिशतसम्म छुट

भायानेटले दसैँका लागि विशेष अफर ल्याएको छ। इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्रदायक  कम्पनी भायनेटले ग्राहकका लागि बडा दसैँमा उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटीभी प्याकेज ल्याएको छ।

यसको साथै ३२ र ५५ इन्चको मी एन्ड्रोइड टीभीमा भारी छुट दिनको लागि भायानेटले ‘भायानेट बडा दसैँमा, बडा स्पिड, बडा टीभी अफर१’ ल्याएको भायानेटले जनाएको छ। यस अफर अन्तर्गत भायानेटको नयाँ तथा पुराना ग्राहकहरुले भायानेटको सुपर स्पीड इन्टरनेट र १७५  च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पीड पाउन सक्नेछन्।

साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटीभी प्याकेजसँगै एमआई एण्ड्रोइड टीभी बण्डल गरेको छ। यस बण्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एण्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउन सक्नेछन्। चाडपर्वको अवसरमा घरको लागि प्रायः नयाँ सामान किन्ने चलन र इन्टरनेटको अझ बढी उपयोग गर्ने कुरालाई ध्यानमा राखेर भायानेटले यो अफर अहिले ल्याएको उल्लेख गरेको छ।

प्रकाशित: १५ आश्विन २०७८ ११:३९ शुक्रबार

बडा दसैँ अफर इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट