coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भायानेटको ‘बडा स्पिड, बडा टिभी’ अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले बडादबैंमा ‘बडा स्पिड, बडा टिभी योजना’ सार्वजनिक गरेको छ। बडादसैंमा आफ्ना ग्राहकलाई उही मूल्यमा बढी स्पिड भएको इन्टरनेट र भायाटिभी प्याकेजका साथ ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा भारी छुट दिन भायानेटले यो अफर ल्याएको जनाएको छ।

यस अफरअन्तर्गत भायानेटका नयाँ तथा पुराना ग्राहकले भायानेटको सुपर स्पिड इन्टरनेट र एक सय ७५ प्लस च्यानल भएको भायाटिभीको कम्बो प्याकेजको वार्षिक सदस्यतामा उही मूल्यमा अझ बढी स्पिड पाउन सक्नेछन्। साथै भायानेटले साओमीसँगको सहकार्यमा भायानेटको इन्टरनेट र भायाटिभी प्याकेजसँगै एमआई एन्ड्रोइड टिभी बन्डल गरेको छ। यस बन्डलको खरिदमा ग्राहकले ३२ र ५५ इन्चको एमआई एन्ड्रोइड टिभीमा २२ प्रतिशतसम्म छुट पाउन सकिनेछ।

प्रकाशित: १५ आश्विन २०७८ ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App