१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोका–कोलाको ‘दसैं अभियान धन्यवाद’

कोका–कोलाले यसपालिको दसैं अभियान धन्यवाद शब्दलाई केन्द्रित गरी प्रस्तुत गरेको छ। यसको मुख्य आशय भनेको त्यस कठिन समयमा हाम्रा लागि साथीको रूपमा सथै सहयात्री रहेका व्यक्तिलाई एउटा कोक बोटलमार्फत धन्यवाद प्रकट गर्नु रहेको छ।

यसका लागि कोका–कोलाले आठवटा नयाँ लेबल प्रस्तुत गरेको छ। जसमा आमा, बुबा, दाजु, भाइ, दिदी, बहिनी, साथी, र सेवाकर्मी रहेका छन्। नियमित कोकका लेबललाई दसैं अवसरमा धन्यवाद लखिएको लेबलले साटिएको छ। विगत पाँच वर्षदेखि कोका–कोलाले ग्लोबल सेयर एक कोक अभियानअन्तर्गत इनोभेटिभ विषयवस्तु प्रस्तुत गर्दै आएको छ। 

अभिनेत्री स्वस्तिमा खड्कालाई कोका–कोलाको नयाँ ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरिएको थियो। यो नयाँ टिभिसीमा गायक सुशान्त केसीको धन्यवाद शीर्षकको एउटा हृदयस्पर्शी गीत पनि रहेको छ। 

प्रकाशित: १४ आश्विन २०७८ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App