२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कियाको सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक हुँदै

कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ। कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको हो।

यसमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री रहेको जनाइएको छ। साथै यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांकी पनि छ। अर्थात् यो नयाँ सोरेन्टोमा विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै छ।

सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई भरपूर सुरक्षा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ। साथै गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता रहेका छन्।  

रनवे रेड, ग्राभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा रङमा नयाँ सोरेन्टो उपलब्ध छ। किया सोरेन्टो इको हाइब्रिडको मूल्य एक करोड ६९ लाख ९० हजार रूपैयाँ तोकिएको छ। 

प्रकाशित: ६ आश्विन २०७८ ०१:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App