१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'इम्प्रेसन ए क्रिएटिभ' का सन्चालक राजु ढुंगेल सम्मानित

बिगत १३ वर्षदेखि विज्ञापन व्यवसायीकारूपमा कार्यरत 'इम्प्रेसन ए क्रिएटिभ' का सन्चालक राजु ढुंगेल नेसनल प्रोफेसनल एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित भएका छन्।

सिजन मिडियाले संबिधान दिवस २०७८ को अवसर पारेर नेपालका विविध क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई सो अवार्ड प्रदान गरेको छ। 

लामो समयदेखि विज्ञापन व्यवसायमार्फत विज्ञापन बजारमा उनले पुर्‍याएको योगदानको कदर स्वरुप उनलाई लाजिम्पाटस्थित होटल र्याडिसनमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय सभाका अध्यक्ष्य गणेशप्रशाद तिमिल्सिनाले डिजिटल एड्भरटाइजिङ एक्स्पर्ट अवार्डद्वारा सम्मान प्रदान गरेका थिए।

ढुंगेल अहिले नेपालका थुप्रै नम्बर १ कोर्पोरेट कम्पनीहरुसंग आबद्द भइ काम गर्दै आएका छन्। सिजन मिडियाले ढुंगेलसहित देशभरबाट ३० जनालाई नेसनल प्रोफेसनल एचिभमेन्ट अवार्ड प्रदान गरेको छ। 

प्रकाशित: ५ आश्विन २०७८ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App