७ वैशाख २०८१ शुक्रबार
अर्थ

दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना

जलाधारमा आधारिक जलवायु उत्थाननशिल जीविकोपार्जन आयोजना सम्वन्धी हलेसीमा आयोजना गरिएको कार्यक्रममा सहभागी। तस्बिर सौजन्य: सुर्यबहादुर राई

खोटाङ र ओखलढुंगाको सीमा क्षेत्रमा पर्ने तल्लो दुधकोसी जलाधार क्षेत्रमा जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सुरु गरिएको छ। दुधकोसीले छोएको खोटाङको ऐसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका, सिद्धिचरण नगरपालिका र चिशंखुगढी गाउँपालिकालाई समेटेर जलाधारमा आधारिक जलवायु उत्थाननशिल जीविकोपार्जन आयोजना सुरु गरिएको हो।  

जलवायु परिवर्तनजन्य सुक्खा, बाढी, पहिरो लगायतका बहुप्रकोपको जोखिममा रहेका समुदायको जीवन तथा भौतिक र आर्थिक सम्पत्तीको सुरक्षा गर्दै उनीहरुको जीविकोपार्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ नेपाल सरकार, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम र विश्व वातावरण कोषको संयुक्त सहकार्यमा जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना सञ्चालन सुरु गरिएको हो।  

वन तथा भू–संरक्षण विभाग, वन तथा वातावरण मन्त्रालयले कार्यान्वयनको जिम्मा पाएको कार्यक्रमबाट तल्लो दुधकोसी जलाधार क्षेत्रका १ लाख २१ हजार ६०३ संकटापन्न स्थानीय लाभान्वित हुने आयोजना कार्यान्वयन इकाई ओखलढुंगाले जनाएको छ। १ मे २०२४ सम्म सञ्चालन हुने कार्यक्रमको विभिन्न चरणका क्रियाकलाप १ डिसेम्बर २०२० देखि सुरु गरिएको थियो। जलाधार क्षेत्रको कार्यगत प्रणाली कायम राख्न एकिकृत जलाधार व्यवस्थापन, जलवायु अनुकुलन, पानीका श्रोतको बहुआयामिक व्यवस्थापन, भू–स्खलन न्यूनिकरण साथै हरित आयआर्जनजस्ता क्रियाकलापहरु सञ्चालन गर्दै जोखिमयुक्त समुदायको अपनत्व विकास, अनुकूलन क्षमता र उत्थानशिल जिविकोपार्जनमा सहयोग पुर्‍याउने लक्ष्यका साथ एकिकृत जलाधार व्यवस्थापनको अवधारणा अघि बढाइएको जनाइएको छ।  

सो कार्यक्रमका विषयमा जानकारी दिनका लागि दुधकोसी जलाधार क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि, दल लगायतलाई सहभागी गराएर भदौ २० गते हलेसीमा कार्यक्रम राखिएको थियो। खोटाङको पश्चिमी ढाल (दुधकोसी, रावाखोला, तापखोला) तथा ओखलढुंगाको पुर्वी ढाल (दुधकोसी, ठोट्ने खोला) भित्रको क्षेत्रलाई दुधकोसी जलाधार क्षेत्र मानिन्छ। जलाधारमा आधारिक जलवायु उत्थाननशिल जीविकोपार्जन आयोजनाले दुई जिल्लाका ८ स्थानीय तहका ५१ वडाका करिब ८४४ वर्गकिलोमिटर ओगटेको कार्यक्रममा वितरण गरिएको पुस्तिकामा उल्लेख छ। आयोजनाका लागि विश्व वातावरण कोष एलडिसिएफको ७ मिलियन डलर, यूएनडिपीको ९ लाख डलर लगायत खर्च हुने भनिएको छ।

जलाधारमा आधारिक जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना अन्तरगत बहुप्रकोप न्युनिकरण सम्वन्धि रणनीति, मार्ग निर्देशिकाहरुको तर्जुमा/पुनरावलोकन, जलाधार व्यवस्थापनसँग सम्वन्धित संरचनाको संस्थागत विश्लेषण÷तर्जुमा, जलवायु जोखिम पहिचानमा नविनतम ज्ञान तथा सिपको सिर्जना, दिगो भू–व्यवस्थापनका लागि वातावरणीय सेवा भुक्तानीको तर्जुमा र कार्यान्वयन लगायतका क्रियाकलाप सञ्चालन हुने जानकारी दिइएको जनता समाजवादी पार्टीका प्रदेश कमिटि सचिव सुर्यबहादुर राईले जानकारी दिए।  

यस्तै, बहुप्रकोप (सुख्खा, बाढी, पहिरो) केन्द्रित योजना तर्जुमा कार्यान्वयन, पानीको श्रोत संरक्षण, व्यवस्थापन, बहुआयामिक उपयोग, व्यवस्थापन, भूमिगत जल भण्डारणको अभिवृद्धि, संरक्षण कृषि वन प्रणाली, भू–उत्पादकत्व अभिवृद्धि, पिछडिएका समुदायको लागि लक्षित कार्यक्रम लगायतका क्रियाकलाप सञ्चालन गरिने जनाइएको छ। दुधकोसी जलाधार क्षेत्रलाई अन्य ठाउँको तुलनामा सुक्खाग्रस्ता क्षेत्र, हिमताल र हिमकुण्ड स्खलनको उच्च जोखिम भएको, जलवायुको दृष्टिकोणले उच्च जोखिम, विगतमा पहिरोबाट जनधनको क्षती भएको, सुक्खाग्रस्त र खडेरीको प्रकोप उच्च रहेको, खाद्य संकट उच्च रहेको, पानीको मुल सुकेको, भिरालो खेतीपाती भएको क्षेत्र मानिन्छ।

प्रकाशित: २२ भाद्र २०७८ ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App