coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

खुर्सानी खेतीतर्फ युवा आर्कषण, वार्षिक लाखौंको कमाइ

धनकुटाको छथरजोरपाटी गाउँपालिकाका युवाहरु विदेश छोडेर स्वदेशमै व्यवसायिक रुपमा कृषि पेसामा लाग्न थालेका छन्। गाँउपालिकाकको वडा नं ५ का एलवी लिम्बु कोरियाबाट फर्केर विगत ७ वर्ष अघिदेखि व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गर्दै आइरहेका छन्।

उनले खुर्सानी खेतीबाटै घर तथा बालबच्चा पढाउने खर्च धान्दै आएका छन्। वर्षमा ५ देखि ७ लाखसम्मको खुर्सानी बेच्दै आइरहेका छन् उनी। यस वर्ष २० क्वीन्टलसम्म खुर्सानी उत्पादन हुने लिम्बुले बताए। अन्य व्यवसाय तथा खेतीपातीको तुलनामा अकबरे खुर्सानी खेती गर्न सजिलो रहेकाले अकबरे खुर्सानी खेतीलाई व्यवसायिक रुपमा अगाडि बढाइएको लिम्बुको भनाइ छ।

७ रोपनी जग्गामा उनले यस वर्ष अकबरे खुर्सानीका ११ हजार बोट रोपेका छन्। त्यस्तै सोही गाउँपालिकाको मछिन्द्र लिम्बु पनि मलेसियाबाट फर्केर ५ वर्षदेखि व्यवसायी अकबरे खुर्सानी खेती गर्दै आइरहेका छन्। उनले पनि ४ रोपनी जग्गामा अकबरे खुर्सानी खेती लगाएका छन्। त्यस्तै उनले पनि बालबच्चा पढाउने खाइ खर्च गरेर अकबरे खुर्सानी खेतीबाट २ देखि ३ लाख बचत गर्दै आइरहेको बताए।

‘उनले वैदेशिक रोजगारीमा जानुअघि अहिलेजस्तो बजार तथा सडक बाटोको सुविधा थिएन, विदेश गए सोचेअनुसार कमाइ पनि भएन, स्थानिय सरकार आएपछि सडक बाटोको सुविधा पनि हुन थाले’ उनले भने। व्यावसायिक कृषिसम्बन्धी तालिम प्रोत्साहानस्वरुप दिने सेवा सुविधाका कारण आफू कृषि क्षेत्रमा लागेको उनको भनाइ छ।

यसअघि  गाउँका नेता तथा सरकारले यस्ता कार्यक्रम ल्याएको भए पैसा खर्च गरेर विदेश जानुभन्दा कृषि क्षेत्रमा लाग्ने बताउँदै उनले विदेशमा परिवार सम्झिँदै अरुको खटनमा काम गर्न नपर्नेसमेत उल्लेख गरे।

त्यस्तै सोही गाँउपालिकाका अर्का युवा कृषक टिका थोक्लेन लिम्बु पनि अकबरे खुर्सानी खेतीबाट मनग्य आम्दानी गर्दै आइरहेका छन्। उनले गत वर्षमात्र ८ देखि ९ लाख आम्दानी गरेका थिए। यस वर्ष १५ लाखभन्दा माथि आम्दानी लिने लक्ष्य लिएका उनले १० रोपनी जग्गामा लगभग २० हजार विरुवा रोपेका छन्। 

अहिले अकबरे खुर्सानी कृषकले ४ सय ५ सय रुपैयाँ प्रतिकेजीले बिक्री गर्दै आइरहेका छन्। धनकुटामा उत्पादन हुने अकबरे खुर्सानी तराईका जिल्ला तथा बजारहरुमा निर्यात हँुदै आइरहेका छन्। कृषकहरुलाई छथरजोरपाटी गाँउपालिकाको तर्फबाट बिउबिजन तथा रोग तथा किराको औषधी प्लाष्टिक टनेल लगायतका सामग्री वितरण गर्दे आइरहेको छ। 

त्यस्तै गाउँपालिकाले युवाहरुलाई वैदेशिक रोजगारी छोडेर व्यावसायिक कृषि क्षेत्रमा आर्कषित गर्ने उद्देश्यले विभिन्न अनुदान तथा तालिमको व्यवस्था गर्दे आइरहेको छ। यता व्यावसायिक रुपमा कृषि क्षेत्रमा लागेका कृषकहरुले प्राविधिक ज्ञानको अभावमा समस्या हुने गरेको गुनासो गरेका छन्। उनीहरुले व्यवस्थित ढंगले कृषि विशेषज्ञहरुबाट प्राविधिक ज्ञान तथा तालिमको आवश्यकता  औंल्याएका छन्।

प्रकाशित: १५ भाद्र २०७८ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App