२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

किसान संगठनको माग : ओली सरकारको जस्तो बेइमानी नगरी उखु किसानको भुक्तानी देऊ

फाइल तस्बिर

संयुक्त किसान संगठनहरुले किसानहरुलाई उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम एकमुष्ट रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गराउन माग गरेका छन्। विभिन्न दल निकट किसान संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले बेचेको उखुको भुक्तानी रकम व्यवस्था गरिदिन माग गरेका हुन्।  

संगठनहरुले अघिल्लो सरकारसँग रकम भुक्तानी सम्बन्धी भएका विभिन्न सम्झौता कार्यान्वयन नभएको बताउँदै चिनी मिल र अन्य व्यापारीहरूबाट प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने अनुदान रकम भुक्तानी गर्न माग गरेका छन्।

 ुवर्तमान सरकारले ओली सरकारले जस्तो बेइमानी नगरी उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम एकमुष्ठ रुपमा र सरकारको तर्फबाट प्रदान गरिनुपर्ने तोकिएको अनुदान रकम अबिलम्ब भुक्तानी गर्नरगराउन हामी किसान संगठनहरू जोड्दार माग गर्दछौँु, वक्तव्यमा लेखिएको छ।

संगठनले रकम तत्काल भुक्तानी नभए चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने चेतावनी दिएको छ।

प्रकाशित: ६ भाद्र २०७८ ११:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App