coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पुल निर्माणमा वृज सिमेन्टको सहयोग

पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्टले मिस वर्ल्ड २०२१ ब्युटी विथ ए पर्पाेज परियोजना अन्तर्गतको पुल निर्माणमा सहयोग गर्ने भएको छ। वृज सिमेन्ट मिस नेपाल प्रतियोगिताको प्रायोजकको रूपमा विगत पाँच वर्षदेखि संलग्न छ। डिसेम्बर २०२१ मा प्युर्टो रिकोमा हुने मिस  वर्ल्ड २०२१ पेजेन्टमा मिस नेपाल २०२० नम्रता श्रेष्ठद्वारा प्रस्तुत हुने ब्युटी विथ ए पर्पाेज परियोजनमा वृज सिमेन्ट सहभागी हुन लागेको हो।

ब्युटी विथ ए पर्पाेज मिस वर्ल्ड प्रतियोगितामा जितिने सबैभन्दा प्रतिष्ठित उपाधि मानिन्छ। यो उपाधि नेपालले २०१३, २०१८ र २०१९ मा जितिसकेकोे छ। यस वर्ष नम्रताले आफ्नो ब्युटी विथ ए पर्पाेज प्रोजेक्टको लागि धादिङको थोपलखोलामा एउटा ट्रेल पुल बनाउने योजना छनोट गरेकी छन्। ७३ मिटर लम्बाइको उक्त पक्की पुल निर्माण गर्ने योजनामा आवश्यक पर्ने सिमेन्ट केडिया अर्गनाइजेसन अन्तर्गतको संस्था वृज सिमेन्ट र पुष्पातारा केडिया सेवा फाउन्डेसनले संयुक्त रूपमा उपलब्ध गराउने छन्।

प्रकाशित: ४ भाद्र २०७८ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App