८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

मासु भन्दा महँगो धनियाँ!

बिक्रीका लागि राखिएको धनियाँ । तस्बिरः गणेश/नागरिक

मासुमा धनियाँ अनिवार्य मानिन्छ। धनियाँ बिनाको मासु स्वादिष्ट त्यति हुँदैन। तर अहिले भान्सामा धनियाँ बिनाको मासु हुने अवस्था सिर्जना भएको छ। तरकारीसँगै धनियाँको मूल्य पनि आकाशिँदा धनियाँ बिनाको मासु हुने अवस्था सिर्जना भएको हो। अहिले नेपालगन्जमा मासुको मूल्य चार सय रूपैयाँ केजी छ। धनियाँको मूल्य भने पाँच सय केजी पुगिसकेको छ।

मासुभन्दा धनियाँ महँगो हुँदा उपभोक्ताहरु ठूलो मारमा परेका छन्। धनियाँको यो मूल्य अहिलेसम्मकै महँगो हो। यसभन्दा पहिला यही सिजनमा बढीमा एक सय ५० रूपैयाँ केजीसम्म महँगिएको थियो। तर यस वर्ष भने त्यसबाट बढेर पाँच सयसम्म पुगेको छ। ‘धनियाँ बिनाको मासु र अरु तरकारी मीठो हुँदैन,’ नेपालगन्जस्थित कोरियणपुरकी गौतमा मल्लले भनिन्, ‘तर धनियाँको मूल्य आकाशिँदा किन्नै गाह्रो छ।’ विचौलियाले गर्दा धनियाँको मूल्य चर्काे भएको भन्दै उनले भनिन्, ‘यो सिजनमा सधैं महँगो हुन्छ। यस वर्ष त गत वर्षभन्दा पनि दोब्बरभन्दा बढी मूल्य वृद्धि भएको छ।’ मासुभन्दा धनियाँ महँगो हुँदा यहाँका उपभोक्ता मारमा परेका छन्।

‘महँगोमा मासु किन्यो,’ नेपालगन्जस्थित पार्वती खड्काले भनिन्, ‘त्यसमा मासुभन्दा महँगो धनियाँ हुन्छ।’ ‘मासुमा धनियाँ हालौं मासुभन्दा महँगो छ,’ उनले भनिन्, ‘मासुमा धनियाँ नहाल्दा स्वादिष्ठ हुँदैन।’ यतिबेला तराइमा धनियाँ उत्पादन नहुँदा महँगो भएको तरकारी व्यापारीहरुको भनाइ छ। हर्रे, सल्यानको कपुरकोटलगायत पहाडी जिल्लाबाट धनियाँ र तरकारी भित्रिने गरेको छ। त्यति टाढाबाट धनियाँ ल्याउँदा महँगो भएको तरकारी व्यापारी मेराज कवडियाले बताए। 

‘अहिले तराईमा पनि उत्पादन नहुँदा पनि महँगो भएको हो,’ उनी भन्छन्, ‘तराईमा उत्पादन हुन थाल्यो भने सस्तिन्छ।’ सिजनमा धनियाँ २५ रूपैयाँ केजी पाइन्छ। ‘सिजनमा त तरकारी किन्दा धनियाँ निःशुल्क दिन्थ्यौं,’ कवडियाले भने, ‘अहिले भने त्यस्तो अवस्था छैन।’

हामीले दैनिक जीवनमा प्रयोग गरिआएको धनियाँ तरकारी वा अचारको टेस्टको लागि प्रयोग गर्छौं। धनियाँको बिया जमिनमा छरिदियो भने उम्म्रिँदै आउँछ र त्यसलाई जरैदेखि उखलेर दैनिक जीवनमा प्रयोग गर्ने गरिन्छ। हरियो धनियाँ मात्र नभई यसको बियालाई पानी पिसेर तरकारीलाई स्वादिष्ट बनाउन सकिन्छ।

प्रकाशित: ३२ श्रावण २०७८ १४:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App