९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सूचारु गर्न निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले वर्षाका कारण क्षतिग्रस्त सडक र पुलको निर्माण कार्य सुचारु गर्न निर्देशन दिएको छ।आइतबार बसेको समितिको बैठकले वर्षाका कारण देशभरका विभिन्न सडकखण्डमा निर्माणाधिन पुल क्षतिग्रस्त भएका र ती पुलहरु क्षतिग्रस्त हुनुका कारण पत्ता लगाई यथाशिघ्र निर्माण कार्य सुरु गर्न निर्देशन दिएको हो। 

समितिले सिरहा– धनुषा जोड्ने सडक अन्र्तगतको कमला पुल र गाईघाट–दिक्तेल अन्र्तगतको त्रियुगा नदीको पुल क्षतिग्रस्त हुनुको कारण पत्ता लगाई छिटो पुनः निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ।  

समितिले अरनिको राजमार्ग अन्तर्गतको विभिन्न सडक खण्डहरु क्षतिग्रस्त भएकाले सडकको स्तरोन्नति गर्न, आवश्यक पुलहरुको निर्माण गरी तत्काल यातायात सुचारु गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ। त्यस्तै पटक पटक अवरुद्ध हुने नारायणघाट–मुग्लिन सडक खण्डको दिर्घकालीन समाधानका लागि विशेष अध्ययन गरी २४ सै घण्टा इमर्जेन्सी रेस्पोन्सको व्यवस्था मिलाउन र बिना अवरोध यातायात सुचारु गर्ने व्यवस्था मिलाउन समितिले निर्देशन गरेको छ ।  

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले हालसम्म १५३ स्थानमा सडक अवरुद्ध भएको बताए। यसमध्ये हाल ११ वटा अवरुद्ध अवस्थामै रहेको, ९३ वटा एकतर्फी चालु अवस्थामा रहेको र ४९ वटा दुवैतर्फ सुचारु अवस्थामा रहेको बताए ।

प्रकाशित: १७ श्रावण २०७८ १३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App