८ वैशाख २०८१ शनिबार
अर्थ

नेक र स्थानीय सडक पुल एकाइबीच समझदारी

नेपाल इन्जिनियरिङ कलेज (नेक) र स्थानीय सडक पुल एकाईबीच पुलको डिजाइनसम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देश्यले समझदारी भएको छ। समझदारीपत्रमा नेकका प्राचार्य हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल एकाइका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार दुवै संस्था मिली नेपालका स्थानीय सडकमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षलाई ध्यान दिने र कसरी चुस्त पुल डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीलाई अध्यापन गराइनेछ। साथै विद्यार्थीले सोही विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्यांक तथा फिल्डमा जाने, बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधान छन्।  

डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुल भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयनपछि पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियर उत्पादन हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १५ श्रावण २०७८ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App