१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

हंगेरीबाट नेपाललाई स्वास्थ्य सामग्री

हंगेरी सरकारले नेपाल सरकारलाई कोभिड स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव रोसन पोखरेललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। 

नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्यदूतावासद्वारा जारी विज्ञप्ति अनुसार हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्री नेपालमा कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रही काम गर्ने व्यक्तिका लागि सहयोगी सिद्ध हुने अपेक्षा गरिएको छ।  

प्रकाशित: १५ श्रावण २०७८ ०३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App